Logo
Logo

श्रद्धाञ्जलिका लागि (नेकपा)का नेता अधिकारीको पार्थिव शरीर ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १९ फाल्गुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जलिकालागि नेकपाको केन्द्रीय पार्टी कार्यालय धूम्रबाराहीमा राखिने भएको छ । नेता अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ बजे निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा.भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

शनिबारै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरे, विष्णु पौडेल, मन्त्रीहरुलगायत अस्पताल पुगेर परिवारका सदस्यहरुलाई समवेदना दिएका थिए ।

२०५१ मा मनमोहन अधिकारीको प्रधानमन्त्रित्वमा गठित पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा सर्वप्रथम ‘ज्येष्ठ नागरिक भत्ता’, ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम, ‘नौ स’ अभियान जस्ता जनप्रिय र लोककल्याणकारी कार्यक्रम थालनी गरिएको थियो । खासमा बजेटप्रति सर्वसाधारण जनताको चासो र सरोकार सिर्जना गर्ने काम त्यसैबेलादेखि आरम्भ भएको थियो । दुई पटक उपप्रधानमन्त्री समेत रहिसक्नुभएका उहाँले चार पटक अर्थ मन्त्रालयसहित अन्य विभिन्न मन्त्रालयहरूको पनि जिम्मेवारी सम्हालेका थियो ।

प्रतिक्रिया दिनुहोस्