Logo
Logo

अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले शोक वक्तव्यमार्फत शनिबार राति उपचारको क्रममा निधन हुनुभएका ८३ वर्षीय अधिकारीलाई श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
उहाँले आज बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर अधिकारीप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको थियो ।

शोक वक्तव्य
पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीकोे ८३ वर्षको उमेरमा शनिबार राती काठमाडौंस्थित ह्याम्स अस्पतलामा उपचारको क्रममा भएको दुःखद निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ । दुःखको यस घडीमा दिवंगत नेता अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दिवंगत अधिकारी सफल अर्थमन्त्री, संविधानविद् तथा वरिष्ठ राजनीतिज्ञ हुनुहुन्थ्यो । निरंकुशता विरुद्धको संघर्षमा गर्नुभएको योगदान र नेतृत्व तथा कम्युनिष्ट पार्टीको उच्च नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाले उहाँलाई उच्चकोटीको राजनीतिज्ञका रुपमा नेपाली समाजले सदा स्मरण गरिरहने छ । सिद्धान्तनिष्ठ, वौद्धिकता र सरल स्वभाव भएको राजनीतिज्ञको परिचय बनाउनु भएका अधिकारीको निधनले नेपालका जेष्ठ नागरिकहरुले आफ्नो अभिभावक गुमाएको महसुस गरेका छन् भने राष्ट्रलाई अपुरणीय क्षति भएको छ ।
अन्त्यमा, मुलुकको परिर्वतन र रुपान्तरणको अभियानमा अधिकारीले पु¥याउनु भएको योगदानको उच्च सम्मानसहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजन एवं आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु ।
१९ फागुन, २०७५

प्रतिक्रिया दिनुहोस्