Logo
Logo

२०७७ सालको अन्तिम दिन शेयर बजारमा रेकर्ड


दृष्टि संवाददाता


काठमाडौं । वर्षको अन्तिम दिन शेयर बजार रेकर्ड कायम गर्दै बन्द भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ दशमलव २३ अंकले बढेर २ हजार ७ सय १४ दशमलव ७९ अंकमा कायम भएर बन्द भएको हो ।

मंगलबार २०९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार कित्ता सेयर ७६ हजार पटक खरिद बिक्री हुँदा ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ९५ दशमलव ४२ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूह ४२ दशमलव ३६, व्यापार समूह ६९ दशमलव २९, जलविद्युत समूह ३१ दशमलव ६९, वित्त समूह ३ दशमलव ६४ र म्युचुअल फण्ड समूह ० दशमलव ०६ अंकले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बिमा समूहको उपसूचक ८८ दशमलव ९२ अंकले घटेको छ । त्यस्तै, उत्पादन समूह २१ दशमलव ५१, होटल तथा पर्यटन समूह ६५ दशमलव २४, लघुवित्त समूह १४ दशमलव ४, जीवन बीमा समूह ५१ दशमलव २८, लगानी समूह ० दशमलव ४६ र अन्य समूह ७ दशमलव ५ अंकले घटेको छ ।

मंगलबार नविल बैंक लिमिटेडको सबैभन्दा धेरै २८ करोड ६२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै ६ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्