Logo
Logo

राजस्व छली गर्ने २ कम्पनीमाथी मुद्दा, ३० करोड २८ लाख विगो माग


दृष्टि संवाददाता


 

काठमाडौं । झुटा तथा नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गर्ने दुई कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले ३० करोड २८ लाख रुपैयाँभन्दा बढी विगो मागसहित मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागले हेटौंडाको ‘न्यु राहुल मोबाइल सेन्टर’ र वीरगञ्जको ‘ब्याहुत ट्रेडर्स’का सञ्चालकविरुद्ध छुट्टा–छुट्टै मुद्दा दायर गरेको हो ।

ती दुई मुद्दामा कुल ३० करोड २८ लाख दुई हजार ५ सय ५३ रुपैयाँ विगो असुल गरी उक्त फर्मका कारोबार सञ्चालक तथा बैंक खाता सञ्चालकलाई जरिवाना र कैद माग गरिएको छ ।

विभागका अनुसार हेटौंडा उपमहानगरपालिका–५ स्थित न्यु राहुल मोबाइल सेन्टरका काजल केशरी समेतले झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको पाइएको असुन्धानले देखाएको पनि विभागले बताएको छ ।

केशरीसमेत बाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका–१२ रानिघाटस्थित ब्याहुत ट्रेडर्सका संचालक अनिलकुमार कलवारले पनि झुटा तथा नक्कली मू्ल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको विभागले बताएको छ ।

विभागले कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबीसहित चैत २५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्