Logo
Logo

त्रिकोणात्मक टी-२० क्रिकेट : नेपाललाई १३७ रनको लक्ष्य


दृष्टि संवाददाता


काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनायो ।

दोस्रो ओभरको छैटौँ बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आए बेन कुपरलाई खाता खोल्न नदिई सोमपाल कामीले आउट गरे ।

तर, १२ रन जोड्दा २ विकेट गुमाएको डच टोलीको पारी स्कट एडवार्ड्स र बास डे लिडले सम्हाले र, दुवैले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । १४औँ ओभरको पाँचौ बलमा डेब्युटान्ट शाहब आलमले एडवार्ड्सको विकेट लिए ।

१७औँ ओभरको अन्तिम बलमा सन्दीपले बास डे लिडलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराए ।
शाह आलमले नेदरल्याण्ड्सका सक्ट एडवार्ड्सलाई आरिफ शेखको हातबाट क्याचआउट गराए । उनको यो डेब्यु विकेट समेत हो । एडवार्ड्सले ३१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए । त्यसपछि कप्तान पिटर सिला र अन्टोनिओस स्टलले पाँचौ विकेटका लागि अविजित ३७ रनको साझेदारी गरे । सिलार २२ र स्टल २० रनमा अविजित रहे ।

बलिङमा नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चेर १ विकेट तथा स्पिनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्