Logo
Logo

रोयल च्यालेञ्जर्स बैंग्लोरको लगातार तेस्रो जीत


दृष्टि संवाददाता


काठमाडौं । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ । यो सिजनमा उत्कृष्ट लयमा देखिएको बैंग्लोरले कोलकातालाई ३८ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय चार रन बनायो । सुरुवात राम्रो गर्न नसकेको बैंग्लोरले नौ रनमा दुई विकेट खेर फालेको थियो । तर ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सले उत्कृष्ट पारी खेल्दै टिमलाई बलियो लक्ष्यतर्फ बढाए ।

म्याकसवेलले ४९ बलमा नौ चौका र तीन छक्काको मद्दतले ७८ रन बनाए । यस्तै डिभिलियर्सले ३४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा ७६ रन बनाए । यस्तै केली जेमिसोनले ११ रन थपे ।

जवाफमा कोलकाता २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ६६ रनमा रोकियो । विशाल लक्ष्य पक्ष्याएको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो भने ७४ रन बनाउँदा चार विकेट खेर फालेको थियो । त्यसपछि उसका ब्याट्सम्यानविच गतिलो साझेदारी नहुँदा हार ब्यहोर्न बाध्य भयो ।

कोलकाताका लागि आन्द्रे रसेलले ३१ रन बनाए भने कप्तान इयोन मोर्गनले ३१ तथा राहुल त्रिपाठीले २५ रन बनाए । यस्तै नितिश रानाले १८ रन बनाउँदा सकिव अल हसनले २६ रनको योगदान गरे । बाँकी खेलाडी सस्तैमा आउट भए ।

कोलकातालाई कम स्कोरमा रोक्न केली जमिसोनले ती तथा युज्भेन्द्र चाहल र हर्सल पटेलले दुई दुई विकेट लिए । बैंग्लोरले आइपीएलको इतिहासमा पहिलो पटक सुरुवातमा लगातार तीन खेलमा जित निकाल्न सफल भयो ।

जितसँगै बैंग्लोर तीन खेलमा ६ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्