Logo
Logo

थप १२८१ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपामा थप १२८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १२२७ र एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७००१ जनामा पीसीआर परीक्षण गरिएको थियो भने
५४७ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ ।

कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
script>
window.fbAsyncInit = function() {
FB.init({
xfbml : true,
version : ‘v10.0’
});
};

प्रतिक्रिया दिनुहोस्