Logo
Logo

लक्ष्मी बैंकको नयाँ वर्ष अफर अरेन्ज सेभिङ प्लस बचत खातामा ४.५ प्रतिशत ब्याजदर


दृष्टि संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले नयाा वर्षको अवसरमा ४.५ प्रतिशत ब्याजदर सहितको अन्य आकर्षका सुविधा भएको बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले अरेन्ज सेभिङ प्लस प्रिमियम बचत खातामा ४.५ प्रतिशत ब्याजदरका साथै अन्य आकर्षक सुविधाहरू पनि रहेको जनाएको छ ।

उक्त बचत खाता भएका ग्राहकले वार्षिक १ लाख सम्मको स्वास्थ्य बिमा र १० लाख सम्मको दुर्घटनारमृत्‍यु अक्षमता बिमा सुविधा पाउने बैंकले जनाएको छ । यस्तै डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क रुपमा लिन सक्नेछन् । लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क पनि फिता हुने बैंकले जनाएको छ ।

यस्तै विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गर्दै ल्याएको ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५५ को उच्च ब्याज दर प्रदान गरीरहेको बैंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्