Logo
Logo

कोरोना संक्रमणका कारण रुपन्देहीमा ६ जनाको मृत्यु


दृष्टि संवाददाता


रुपन्देही । कोरोना भाइरसका कारण रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् २ जना र भैरहवामा रहेको युसिएमएस कोभिड अस्पताल ४ जनाको मृत्यु भएको हो ।

रुपन्देहीकै २ महिला र १ पुरुष र अन्य जिल्लाका ३ जनाको मृत्युभएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उपचाररत् महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षीय महिला रहेका छन् । यस्तै भैरहवामा उपचाररत ४ जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षीय झिमरुक, प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत् छन ।

प्रतिक्रिया दिनुहोस्