Logo
Logo

बैशाख २७ पछि कतारी नोटमा प्रतिबन्ध


दृष्टि संवाददाता


काठमाडौं । कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेको नोटलाई प्रतिबन्ध लगाउने भएको छ । कतारको केन्द्रीय बैंक कतार रियाल बैंकले हाल चलनचल्तीमा रहेको चौथो संस्करणको नोट सन २०२१ जुलाई १ बाट चालनचल्तीमा नल्याउने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले कतारको केन्द्रीय बैंककले उक्त निर्णय गरेपछि २७ वैशाख भित्र आफूसँग भएका त्यस्ता नोटहरु साटी सक्न अपिल गरेको छ ।

नोट सटही सम्बन्धी प्रचलित व्यवस्था अनुसार राष्ट्र बैंक बैंकिङ विभाग, राष्ट्र बैंकको बैंकिङ कारोबार गर्ने प्रदेश कार्यालयबाट उक्त नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै,राष्ट्र बैंकबाट विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था साथै परिवर्त्य विदेशी मुद्राको कारोबार गर्ने मनि चेञ्जरबाट पनि उक्त नोट सहटी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वैशाख २७ पछि भने उक्त नोट सटही गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र मनि चेञ्जर बाध्य नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्