Logo
Logo

एमाले नुवाकोटको बैठकमा प्रहरी हस्तक्षेप


दृष्टि संवाददाता


नुवाकोट । नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । एमाले माधव नेपाल पक्षको बैठक बसिरहेका बेला प्रहरीले बैठकस्थल छोड्न दबाब दिँदै हस्तक्षेप गरेको हो ।

एमालेभित्रको विवादका कारण लगाइएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेको थियो । नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा वरिष्ठ नेपाल पक्षधर हुन् ।

६५ सदस्यीय जिल्ला कमिटीमा ४५ जना माधव नेपालको पक्षमा छन् । नुवाकोटमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले समानान्तर कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्