Logo
Logo

पशुपति मन्दिर दर्शनार्थीका लागि पुनः बन्द


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै पशुपति मन्दिर दर्शनार्थीका लागि पुनः बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्म सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो ।

कोषले विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नभएसम्म भन्दै वैशाख १० गतेबाट मन्दिर प्रवेशमा रोक लगाएको हो । यसअघि गत वर्ष महामारी बढेसँगै सरकारले मन्दिरहरू बन्द गर्ने निर्णय गरेसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेश गर्न रोकिएको थियो ।

गएको शिवरात्रीपछि मात्रै दर्शनार्थीका लागि जुनसुकै बेला पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्