Logo
Logo

२४ घण्टामा २५५९ कोरोना संक्रमित थपिए

सक्रिय संक्रमित १४ हजार नाघे


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ हजार ४ सय ४९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय १० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार ८ हजार ७ सय ९८ जनाको पीसीआर र ८ सय ६६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । यसैगरी २४ घण्टामा ४ सय १० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ ।

निको हुनेको दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्