Logo
Logo

नयाँ वर्षको अवसरमा ‘शिलान्यास रिद्धि सिद्धिसँग’


दृष्टि संवाददाता


काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना ल्याएको छ । यो योजनाअनुसार शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने रद्धि सिद्धिले जनाएको छ ।


कम्पनीले प्रदान गर्ने पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान छन् ।

यसका लागि ग्राहकले कम्पनीको निःशुल्क टोल–फ्री नम्बर १६६००११२४४४, ९८०१५७२११२ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरेर रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । यसका निम्ति रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ ।

कम्पनीका अनुसार यो योजना प्रथम एक हजार उपभोक्तालाई मात्र लागू हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको अवसरमा एक सय बोरा खरिद गरिएको हुनुपर्नेछ ।

यस योजनामा सहभागी हुन तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

http://riddhisiddhicements.com/campaign

प्रतिक्रिया दिनुहोस्