Logo
Logo

बाँकेमा एक साता निषेधाज्ञा


दृष्टि संवाददाता



नेपालगन्ज । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बन्दै गएपछि बाँकेलाई प्रशासनले घरबाट बाहिर ननिस्नक आग्रह गरेको छ । नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

यो निषेधाज्ञा अर्को सूचना नभएसम्म कायम रहने बताइएको छ । यस्तै, एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्