Logo
Logo
कोरोना संक्रमण

अक्सिजनयुक्त बेड नपाएर लुम्बिनी प्रादेशिक अस्पतालमा एकको मृत्यु


दृष्टि संवाददाता


रुपन्देही । अक्सिजन नपाएर लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड खाली नहुँदा अस्पतालको फिभर क्लिनिकमै  देवदह नगरपालिका वडा नम्बर ६ की ४९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् । कोरोना संक्रमण पुष्टि भएकी उनलाई उच्च ज्वरो, उच्च रक्तचाप र स्वास प्रश्वासमा समस्या थियो । यस्तो अवस्थामा तत्कालै आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्थ्यो । तर, अस्पतालका सबै बेड भरिएका छन् ।

देवदहका मेयर हिरा खत्रीले बिहानैदेखि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गरेका थिए तर कतै पाएनन् । केही सीप नलागेपछि प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राख्न बाध्य भए । तर अत्यावश्यक उपचारको अभावमा संक्रमित महिलाको दिउसो ४ बजे मृत्यु भयो ।

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७५ पुगेको छ । जिल्लामा २ सय ९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्