Logo
Logo

एनआईबिएल समृद्धि फण्ड–२ दोस्रो दिनमै ८७ प्रतिशतभन्दा बढी आवेदन


दृष्टि संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको ‘एनआईबिएल समृद्धि फण्ड–२’ का लागि दोस्रो दिनमै ८७ प्रतिशतभन्दा बढी आवेदन परेको छ ।
क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७८ बैशाख १६ गतेसम्म म्याद रहेको क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्