Logo
Logo

विदेशबाट फर्किएकै एक सातामै श्रीमतीको हत्या


दृष्टि संवाददाता


दाङ । आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।


आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पोख्रेले एक साताअघि मात्र विदेशबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्