Logo
Logo

गरिमा विकास बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल


दृष्टि संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको ८.७५५ गरिमा ऋणपत्रको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेकाे छ । बैंकले रु.१,००० अंकित दरको १०,००,०००(दश लाख) कित्ताले हुने रु.१,००,००,००,००० (एक अर्ब मात्र) रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ ।

गरिमा विकास बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र मिति २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले २०६४ कात्तिक १८ मा स्याङजाबाट वित्तीय कारोबारहरु सुरु गर्याे । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रिय कार्यालय महेन्द्र, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु संचालित छन् ।

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ बैशाख १५ गते हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्