Logo
Logo

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा रेकर्ड


दृष्टि संवाददाता


काठमाडाैं । नेपालमा कोरोना संक्रमणका कारण एकै दिनमा मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ । नेपालमा कोरोना संक्रमण फैलन सुरु गरेपछि एक दिनमा पहिलोपटक ३५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ३५ जना संक्रमितको ज्यान गएको छ । यसअघि नेपाल २०७७ कात्तिक १५ गते सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३२ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्