Logo
Logo

कोरोनाबाट एकैदिन १९ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनको मृत्यु भएको छ । यो सँगै नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर ५ हजार ७ सय ६३ जना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा ५ हजार ७ सय ६ र एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

गत २४ घण्टामा १४ हजार ४ सय ३ पिसिआर र ५६६ एन्टीजेन गरी १४ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्