Logo
Logo

बढी मूल्यमा मास्क बिक्री गर्ने कारवाहीमा


दृष्टि संवाददाता


काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने अबल फाइनल सर्जिकल सप्लार्यसलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित सप्लायर्सलाई कारबाही गरेको हो ।

बजार अनुगमनका क्रममा खरिद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ । अनुगमनका क्रममा सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।

सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।

गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रु ५० हजार जरिवाना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्