Logo
Logo

सेयर बजार झिनो अंकले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेपनि कारोबार रकम भने फराकिलो अन्तरले घटेको छ । कारोबारमा आएका मध्ये करिब १० कम्पनीको सेयर मूल्य १०÷१० प्रतिशतले बढेपनि सेयर बजार भने एक अंक मात्रै बढेको छ ।

समता घरेलु लघुवित्त, महिला लघुवित्त, विशाल बजार कम्पनी, सपोर्ट लघुवित्त, राधि जलविद्युत, रुरु जलविद्युत, सिगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रो र पञ्चकन्या माइ हाइड्रो पावरको सेयर मूल्य करिब १०÷१० प्रतिशतले बढेको छ । युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समेत करिब ९ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका कम्पनी मध्ये एक सय भन्दा धेरै कम्पनीको सेयर मूल्य बढेको छ । तर नेप्से परिसूचक भने १ दशमलव ९४ अंक मात्रै बढेर २ हजार ६५४ बिन्दुमा पुगेको छ । नेप्से सूचक झिनो अंकले बढेपनि कारोबार रकम भने फराकिलो अंकले घटेको छ ।

आइतबार र सोमबार लगातार साढे सात अर्ब बढीको सेयर किनबेच भएकोमा मंगलबार भने ६ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको छ। अघिल्लो दुई दिनको तुलनामा करिब डेढ अर्ब रुपैयाँ कमको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्