Logo
Logo

नेपालगञ्ज मेडिकल कलेजले नयाँ बिरामी नलिने



काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेजले कोरोना भाइरसका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ । बुधबार अस्पतालले विज्ञप्ति जारी गर्दै लिक्विड अक्सिजन ट्यांक सकिएकाले नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमित बिरामीको अत्यधिक चाप हुँदा उनीहरुको उपचारका लागि आवश्यक लिक्विड अक्सिजन ट्याङ्‍क सकिएको र भारतबाट आउन नसकेकाले थप बिरामी भर्ना गर्न नसक्ने उल्लेख गरिएको छ ।

अस्पतालले लिक्विड अक्सिजन ट्याङ्‍क यथाशक्य चाँडो सरकारबाट उपलब्ध भए तुरुन्त कोभिड ३सय शय्या सञ्‍चालन गरी कोरोना बिरामी भर्ना थाल्ने जानकारी दिएको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएपछि भेरी अस्पतालमा बेड भरिन लागेपछि शिक्षण अस्पतालले २०७८ वैशाख ३ गतेदेखि कोभिड–१९ का बिरामीका लागि आईसीयूसहितको ४५ बेड सञ्‍चालन गरी उपचार सुरु गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्