Logo
Logo

योग्यता नपुगेका सिईओ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । च्याउझै खुलेका बीमा कम्पनीहरुको नियमन गर्न बनेको बीमा समितिले नै अनियमित काम गर्छ भन्ने बीमा व्यवसायमा देखिएका भ्रष्टाचार र अनियमितता कसले हेर्छ ? यो प्रश्न एनएलजी इन्स्योरेन्स कम्पनीको सिईओमा सुनिलबल्लभ पन्त नियुक्त भएपछि बीमा क्षेत्रमा व्यापक बनेको छ ।

सुनिलबल्लभ पन्त

बीमा कम्पनीमा सिईओका लागि समिति आफैँले योग्यता तोकेको छ । समितिले तोकेको योग्यतामा सिईओको योग्यता स्नातकोपाधि हासिल गरेको भनिएको छ । तर, एनएलजीको सिईओ सुनिलबल्लभ पन्तको योग्यता बीमा समितिको मापदण्डभित्र पर्दैन । तर पनि पन्तले बीमा समितिलाई प्रभावमा पारेर आफ्नो योग्यता अनुकूल मापदण्ड बनाउन सफल भएका छन् ।
बीमा समितिको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ परिपत्र नं. ०३÷०७५ को बुँदा नं. (ग)मा विज्ञान विषयमा गणित विषय २०० पूर्णाङ्कलाई योग्यता पुगेको भनेर व्याख्या गर्ने भनिएको छ । राजुराम पौडेलले हस्ताक्षर गरेको उक्त परिपत्र पन्तलाई सिईओ बनाउनका लागि थपिएको हो । जबकि पन्तको शैक्षिक योग्यता बिएससी ‘साइन्स’ हो । साइन्सका विद्यार्थीले बीमा कम्पनीको नेतृत्व गर्न पाउँदैनन् । यस विषयमा अख्तियारले अनुसन्धान गरी सुशासन निर्देशिकाको गलत ब्याख्या गर्ने वीमा समितिका पदाधिकारीलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ । यसअघि संचालक समितिले सीईओका लागि सिफारिस गरेका राष्ट्रिय बाणिज्य बैंकका पूर्व कार्यकारी प्रमुख कृष्णप्रसाद शर्मालाई रोक्न पन्तले वीमा समितिमा बेनामी उजुरी गरेका थिए । शर्मा एनएलजी इन्स्योरेन्सका पूर्वअध्यक्ष पनि हुन् । एकपटक कम्पनीमा अध्यक्ष भइसकेका ब्यक्ति दोहो¥याएर सीईओ हुन पाइँदैन भनेर वीमा समितिले शर्माको नाम अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्