Logo
Logo

आज मार्च १२—वर्ल्ड वाइड वेवको जन्मदिन


- दृष्टि न्युज/संवाददाता



आज वल्र्ड वाइड वेवको जन्म भएको ३० वर्ष भयो । प्रत्येक वेव साइटको नाम अगाडि डब्लु डब्लु डब्लु तीन अक्षर रहेको हुन्छ । यसको अर्थ वर्ल्ड वाइड वेब हो । अर्थात विश्वव्यापी संन्जाल । अहिले यो विना संसार नचल्ने भइसकेको छ ।

मार्च १२, सन् १९८९ मा ब्रिटिस भौतिकशास्त्री टिम बर्नस् ली ले “इन्फर्मेशन म्यानेजमेन्ट ः अ प्रपोजल”( सूचना व्यवस्थापन ः एक प्रस्ताव) शिर्षकमा एक प्रस्ताव तयार पारेका थिए । उनले यो प्रस्ताव आफु काम गर्ने जेनेभा स्थित प्रशिद्ध युरोपियन अर्गनाइजेशन फर न्युक्लियर रिसर्चमा बुझाएका थिए । उनका हाकिमले यस प्रस्तावमा पहिलो टिप्पणीको रुपमा “अस्पष्ट तर रमाइलो” भनेका थिए ।

यसै प्रस्तावलाई वर्ल्ड वाइड वेबको जन्मदिन मानिन्छ ।

वेब साइटको जन्म दिने उक्त प्रस्ताव वनाएको वेलामा टिम बर्नस् ली केवल ३३ वर्षका थिए ।

उनले केही समयको विचमा एच टि एम एल नामको कम्प्युटर भाषा विकास गरे । साथै उनले एच टि टि पि एप्लीकेसन वनाए । साथै वल्र्ड वाइड वेब डट एप नाम गरेको पहिलो वेब ब्राउजर तथा पेज इडिटर वनाए ।

शुरुमा उनको वेब साइट उनको अफिसमा काम गर्ने हजारौं कर्मचारीहरुको कम्प्युटरहरुमा रहेका सूचनाहरु आदान प्रदान गर्ने र स्टोर गर्ने काममा प्रयोग भयो । पछि सन् १९९१मा यसलाई वाह्य वेब सर्भरहरु संग पनि जोड्ने काम शुरु भयो ।

सन् १९९३ अप्रिल मा यसलाई सर्वसाधारणका लागि पनि खुल्ला गरियो । यसपछि वल्र्ड वाइड वेब विश्वव्यापी रुपमा फैलियो ।

नवेम्वर १९९३ मा मोजेइक भन्ने फोटो पनि पठाउन मिल्ने सर्च इन्जिन विकास भयो ।

पछि इन्टरनेट एक्सप्लोलर, गुगल क्रोम, मोजिला फायर फक्स आदिको विकास भयो ।

सन् २००३ वाट सामाजिक सन्जालहरुको विकास हुन थाल्यो र २००४ मा फेसबुकको विकास पछि यसको उत्कर्ष शुरु भयो ।

सन् २००७ मा एपलले स्मार्ट फोनको विकास गरेपछि सूचनाको संसारमा अर्को क्रान्ति थपियो र हात हातमा सूचना संजाल पुग्न थाल्यो ।

संसारमा जतिपनि नयाँ प्रविधिको विकास भएको छ, त्यसको सदुपयोग र दुरुपयोग दुबै हुने गरेकै छ । आणविक उर्जाको सिद्धान्त विकास भएपछि यसले एटम वम वनाएर विनास लिला पनि मच्चाएको छ, सार्थ आणविक उर्जावाट विद्युत निकालेर जनताको पक्षमा पनि योगदान गरेकोछ ।

त्यस्तै गरि वेब साइटहरुको संन्जालको विकासले केही नराम्रो पक्ष देखा परेपनि मुख्यरुपमा यसले विश्वका जनताको सेवा गर्ने काम नै गरेकोछ । विश्वभरिको ज्ञानको भण्डार सबैको पहुँचमा पुग्ने क्रम शुरु भएकोछ । विश्वभरिका जनतालाई जोड्ने ठुलो संयन्त्रको आविश्कार भएकोछ ।

यसलाई सबैको पहुँचमा पु¥याउने, डिजिटल असमानता कम गर्दै लगेर हटाउने र संसारका सबै मानिसहरुको हितमा यसको अधिकतम उपयोग गर्दै लाने विषय नै यसको जन्मदिनको अवसरमा दिइने शुभकामनाको मुल विषय हुनु राम्रो हुनेछ ।

वर्ल्ड वाइड वेबलाई जन्मदिनको शुभकामना !!!

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्