Logo
Logo

अक्सिमिटर कालोबजारी गर्ने औषधी पसल सञ्चालक पक्राउ


दृष्टि संवाददाता


पर्सा । अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालकलाई पक्राउ परेका छन् । शुक्रबार प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल अनुसार तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको हो । तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ । तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बताए।

प्रतिक्रिया दिनुहोस्