Logo
Logo

कोरोनाबाट ५३ जनाको मृत्यु, ८ हजार ४१८ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ ।

यस्तै थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

याे ससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । मृतकको कुल संख्या ३६३२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्