Logo
Logo
एमाले विवाद

सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदल गठन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गठन गरेकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

बैठकपछि संचारकर्मीलाई प्रतिकृया दिँदै वरिष्ठ नेता माधवकुमार नेपालले भने– ‘जेठ २ भन्दा पहिलेको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ ।’

नेकपा एमालेको विवाद समाधान गर्ने विन्दु २ जेठ २०७५ मा फर्कनका लागि आवश्यक पहल गर्ने कार्यदललाई जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्