Logo
Logo

कोरोनाबाट डाक्टर पूज्यश्री कार्कीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो।

नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।

प्रतिक्रिया दिनुहोस्