Logo
Logo

पाल्पा जिल्ला अस्पताललाई ५१ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण


दृष्टि संवाददाता


पाल्पा । पाल्पा क्षेत्रका लायन्स क्लबहरूले पाल्पा जिल्ला अस्पताललाई ५१ वटा सिलिण्डर हस्तान्त्रण गरेको छ ।

पाल्पामा कोरोना सङ्क्रमण फैलिएको र उपचारमा अक्सिजनको अभाव भएपछि लायन्स क्लबहरूले जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको हो ।

अस्पतालमा उपचाररत कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस् भनेर जिल्ला अस्पताललाई अक्सिजन उपलब्ध गराएको लायन्स क्लबहरूले जनाएका छन् ।

उक्त अक्सिजन पाल्पा अस्पताल लगायत विभिन्न पालिकामा रहेका विरामीहरुलाई उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्