Logo
Logo

सेती प्रादेशिक अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै


दृष्टि संवाददाता


कैलाली । सेती प्रादेशिक अस्पतालले अक्सिजन ग्यास आपूर्तिमा केही सहज भएको जनाएको छ ।

अस्पतालमै जडान भएको अक्सिजन प्लान्टबाट निरन्तर रुपमा अक्सिजन उत्पादन भइरहेको र अपुग अक्सिजन खरिद गरी चक्रीय प्रणालीमा आपूर्ति भइरहेको सो अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार हालै संघीय सरकारबाट २४, प्रदेश सरकारबाट ६ र अन्य विभिन्न मनकारी ब्यक्तिबाट ३ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएपछि थप सहज भएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेण्ट हेमराज पाण्डेयले बुधबार विज्ञप्ती जारी गर्दै अक्सिजन कन्सन्ट्रेटर आपूर्तिले संक्रमितको उपचारमा धेरै हदसम्म राहत मिलेको जनाएका छन् ।

केहीदिन अघिसम्म प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्