Logo
Logo

बालाजुको गुणस्तरहीन स्यानिटाइजर उद्योगमा छापा


दृष्टि संवाददाता


काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एक स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजु औधोगिक क्षेत्रभित्र रहेको उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिक र महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको हो।

ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गराएको थियो ।

परीक्षणमा उक्त स्यानीटाइजरमा २५ प्रतिशत मेथानोल प्रयोग भेटियो । जबकी मेथानोल मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने रसायन हो । महामशाखाका एसएसपी चन्द्र कुँवेर खापुडका अनुसार प्रहरीले करिब ८ ट्रकभन्दा धेरै स्यानीटाइजर बरामद गरिसकेको छ ।

महाशाखा र प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानमा यसैगरी नक्कली स्यानीटाइजर बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान जारी राखेको छ ।

एसएसपी खापुडका अनुसार बराद नक्कली स्यानीटाइजर काठमाडौं लगायत देशैभरि वितरण भएको देखिन्छ । सञ्चालक आशिस प्याकुरेललाई पनि पक्राउ गरिएको छ। उक्त कम्पनीको दर्ता समेत अहिलेसम्म नभेटिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्