Logo
Logo

दुई वर्षअघि मृत्यु भएका अमेरिकी आरोहीको शव फेला


दृष्टि संवाददाता

252
Shares

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकी नागरिकको शव भेटिएको छ। विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ।

मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो। बसन्तयाममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए। अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ।

राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत् १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए।

प्रतिक्रिया दिनुहोस्