Logo
Logo

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या


दृष्टि संवाददाता


ओखलढुंगा । ओखलढुंगामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कारमा अन्योल उत्पन्न भएको छ । जिल्लामा यसअघि कोरोनाबाट मृत्यु नभएको र शव व्यवस्थापनबारे कुनै पूर्वतयारी नभएकाले सङ्क्रमितको शव व्यवस्थापनामा समस्या भएको हो ।

कोरोनाबाट मृत्यु भएकाको कसरी दाहसंस्कार गर्ने भन्ने स्पष्ट नहुँदा सोमबार बिहानै कोरोनाबाट ज्यान गुमाएकी सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया महिलाको शव अपरान्हसम्म व्यवस्थापन हुन सकेको छैन । जिल्लामा शव सदगद गर्ने निश्चित स्थान र मापदण्ड नतोकिँदा समस्या भएको हो ।

मृतकका आफन्तले आफ्नो परम्परा अनुसार दाहसंस्कार गर्ने भन्दै त्यसमा सरकारी निकायको सहयोग मागेका छन् । सरकारी मापदण्डमा पनि परिवारका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढीमा १५ जनासम्मको उपस्थितिमा गर्न मिल्ने अन्यथा नेपाली सेनाले व्यवस्थापन गर्ने उल्लेख छ ।

परिवारले नचाहेमा वा सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्त कोही नभएमा नेपाली सेनाको टोलीले कुनै एक स्थानमा शवको व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्