दैलेख । दैलेखमा १० दिन निषेधाज्ञा थप गरिएको छ । यसअघि दैलेख जिल्लाभर लागू हुने गरी जेठ ११ गतेसम्म लागि निषेधाज्ञा जारी भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि दैलेखमा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय प्रशासनले तेस्रो पटक म्याद थप गरेको हो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको बेला बैंकहरू बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खुल्ने भएका छन् । बैंकहरुले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्दै २ घण्टा सेवा दिने छन् । बैंकमा सेवाग्राही र कर्मचारीबीच दूरी कायम राख्ने, मास्क प्रयोग गरि जनस्वास्थ्यका मापदण्ड पुरा गर्नुपर्ने छ ।











