Logo
Logo

केही गर्छु भन्दाभन्दै रहेनन् जनम


दृष्टि संवाददाता


काठमाडौं, १४ जेठ । ‘मरे कटुन्जे’, ‘संजोगले भेट हुँदा आँशु खस्यो’, ‘हर्षले बाँचे फेरि भेटौंला है’जस्ता चर्चित गीत गायक तथा संगीतकार जनम थुलुङ अब हामीमाझ रहेनन् ।

केही समयअघि एक भेटमा मात्र उनले भनेका थिए, ‘संगीत क्षेत्रबाट समाजका लागि केही गर्ने सोच छ, साथ चाहिन्छ है ।’ तर, उनै गायक तथा संगीतकार जनम कहिल्यै नफर्कने गरी जनम–जनमका लागि विलिन् भए ।

प्रतिभाशाली युवा गायक एवं संगीतकार थुलुङको कोरोना संक्रमणबाट बिहीबार राति निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि राजधानीस्थित एक अस्पस्तालमा उपचाररत उनेका उपचारकै क्रममा निधन भएको हो । जनमको निधनले नेपाली सांगीतिक क्षेत्रले एक होनाहर प्रतिभालाई गुमाएको छ । यसले आम संगीत क्षेत्रलाई अतुलनीय क्षति भएको छ ।

उनको पारिवारिक स्रोतका अनुसार जनमलाई एक हप्ताअघि मात्र कोरोना पुष्टि थियो । उनी केही यता अस्पतालको सघन कक्षमा उपचारत थिए ।

खोटाङको महेश्वरी (ऐशेलुखर्क)का ३३ वर्षीय जनम विगत एक दशकदेखि निरन्तर संगीतसिर्जना, अध्ययन तथा अनुसन्धानमा क्रियाशील थिए । संगीतमा स्नातक गरेका जनमले दुई दर्जनभन्दा बढी गीतहरुमा स्वर तथा दर्जनौँ गीतमा संगीत दिएका छन् ।

दिवंगत गायक जनमका खुवालुङ खुल खुल, मरे कटुन्जे, रोक्नी वो च्योमिम्, झापा कोङ्ङ्गा डुमु बासी, बकि बकि स्यो, हाम बोमु झाम गुईलगायतका गीतहरु चर्चित छन् । साथै, जनमले ‘दृश्य’ थुलुङ भाषाको ‘आलास्यो’ र दोस्रो ‘माम पाप’ जस्ता एल्बम सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्