Logo
Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको हो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आजै स्थायी समिति बैठक बोलाएका थिए । तर, आजै माधव पक्षले पनि स्थायी कमिटी बैठक राखेकाले त्यसको प्रतिक्रिया पर्खने भन्दै बैठक स्थगित गरिएको छ ।

स्थायी कमिटी बैठक स्थगित गरिएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्