Logo
Logo

नेप्से हालसम्मकै उच्च विन्दुमा,१७ अर्ब बढी कारोबार


दृष्टि संवाददाता


काठमाडाैं । आइतबार सेयर बजारले फेरि रेकर्ड बनाएको छ । अघिल्लो काराेवारकाे दिनको तुलनामा आइतबार सेयर कारोबार मापक नेप्से ५० दशमलव १३ अंकले बढेर २ हजार ९ सय ६.९१ विन्दुमा उक्लेको हाे ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि बजारले नयाँ रेकर्ड बनाएको छ । आइतबार बजारमा १ लाख ७१ हजार वटा कारोबारबाट २ सय १८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १७ अर्ब २७ करोड रुपैयाँ बराकरको सेयर कारोबार भएको छ । 

५० अंकले वृद्धि भएको दिन समेत कुल ६ वटा समूहको मूल्यमा भने गिरावट आएको छ । काराेवारकाे पहिलाे दिन बैंक, विकास बैंक, वित्त, लघुवित्त, म्यूचअल फण्ड, लगानी र अन्य समूहको परिसूचक बढेको छ । तर, व्यापार, होटेल र पर्यटन, जलविद्युत, निर्जिवन बीमा, निर्माण तथा उत्पादन र जीवन बीमा समुहको परिसूचक भने घटेको छ ।

आइतबार बजार खुल्दा २ हजार ८ सय ८४.०७ विन्दुदेखि खुलेको बजार २ हजार ९ सय २०.२१ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजार केही घटेको थियो । गिरावटको क्रम निकै छोटो समय चल्यो । त्यसपछि पुरानै लयमा उकालो लागेको बजार अन्तत: ५० अंकले बढेर बन्द भयो ।

प्रतिक्रिया दिनुहोस्