Logo
Logo

२४ घण्टामा ४ हजार ४७२ कोरोना संक्रमित, ९२ मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४ हजार ४ सय ७२ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा १२ हजार २ जनामा गरिएको पीसीआर परीक्षणबाट ३ हजार ३ सय ७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ हजार १ सय २ जना गरी ४ हजार ४ सय ७२ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा ९२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै, ६ हजार ९ सय ५१ जनाले कोरोना जितेका छन् । अहिले देशभर सक्रिय संक्रमितकाे संख्या ८५ हजार ५ सय ४४ छ ।

प्रतिक्रिया दिनुहोस्