Logo
Logo

वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंककाे पूर्व स्वीकृति लिनु नपर्ने


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी विनियमावली बनाएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण निनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।

अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन ।

तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी भने दिनु पर्नेछ । नियमावलीमा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योग दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

हेर्नुस् नियमावली : 

प्रतिक्रिया दिनुहोस्