Logo
Logo

पुँजी बजारमा लगानीकर्ताकाे आकर्षण सरकार प्रतिको विश्वास : अर्थमन्त्री


दृष्टि संवाददाता


काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा लगानीकर्ताहको आकर्षण बढ्नु नै सरकार प्रतिको विश्वास रहेको बताएका छन् ।  मंगलबार राजधानीमा आयोजित नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकार प्रतिकाे विश्वासले नै लगानीकर्ताकाे आकर्षण बढेकाे बताएका हुन् । 

उनले लगानीकर्ताको लगानी सुरक्षित गर्न र  विश्वास गुम्न नदिन पूँजी बजारको विस्तार हुने वातावरण तयार गर्न समेत बोर्डलाई निर्देशन दिएका छन् । 

बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार तत्काल सुरु गर्न र पुँजी बजारमा भएका कमी कमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि उनले निर्देशन दिएका छन् । 

मन्त्री पौडेलले बजेटका  सबै कार्यक्रमहरु कार्यान्वयन हुनेमा कुनै शंका नभएको दोहोर्‍याएका छन् । बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने बताउँदै उनले बजेटको कार्यान्वयनको पक्षलाई लिएर कोही पनि दुविधा र  अन्योल नरहन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्