Logo
Logo

तीन हजार विन्दु नाघेको सेयर बजारमा सामान्य करेक्सन


दृष्टि संवाददाता


काठमाडाैं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको हाे ।

सेयर बजार ३ हजारको ऐतिहासिक अंकलाई छोएर फर्किएको छ। ३ हजार ४ अंकलाई छोएपछि ओरालो लागेको बजार १३ दशमलव ५६ अंक घटेर बन्द भएको हाे ।

दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।

अरुबेला सर्वाधिक कारोबार हुँदै आएको नेपाल पुनर्बीमा कम्पनीलाई अरुणभ्याली हाइड्रोपावरले जितेको छ। कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि पुनर्बीमाको ६१ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ५१ करोडको किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्