Logo
Logo

पेट्रालियम ढुवानी आज पनि अवरुद्ध


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले जनाएको छ ।

ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको थानकोट प्रादेशिक डिपो प्रमुख अभिषेक ठाकुरले बताए । ‘आज पनि पट्रोलियम उठेन, आन्दोलन लम्बिँदै गर्दा पेट्रोलियमको अभाव हुन सक्ने चिन्ता थपिएको छ,’ डिपो प्रमुख ठाकुरले भने ।

खोपको व्यवस्था गर्न डिपो तथा केन्द्रिय कार्यालयबाट पहल भइरहेको भन्दै आन्दोलन रोक्न आग्रह गरे पनि सफल नभएको ठाकुरले बताए । स्वास्थ्य मन्त्रालय, विभाग तथा सीसीएमसीमा खोपका लागि पत्राचार भएको पनि उनले बताए ।

खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ । निगमले अझैसम्म पनि खोप लगाउने व्यवस्था गर्न नसकेका कारण आन्दोलन रोक्न नसकेको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्