Logo
Logo

उदयपुर सिमेन्ट उद्योगले साधारण सेयर निष्कासन गर्दै


दृष्टि संवाददाता

4.3k
Shares

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । उद्योगको आइतबार सम्पन्न साधरण सभाले साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय बराबरको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने उद्योगका अध्यक्ष बलराम रिजालले राखेको विशेष प्रस्ताव सभाले पारित गरेको हो ।

त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित भएको छ । सम्बन्धित निकायको स्वीकृति लिइ उद्योगको अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरी १० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव सभामा पेश गरिएको थियो ।

यस्तै परिवर्तित सन्दर्भमा प्रचलित कानुन बमोजिम उद्योगको प्रबन्धपत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानले बताए ।

प्रतिक्रिया दिनुहोस्