Logo
Logo

एसईईको बेला बन्द नगर्न विप्लवलाई मानवअधिकार आयोगको आग्रह


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ चैत । राष्ट्रिय मानवअधिकार आयोगले १६ गतेका लागि आह्वान गरिएको बन्दको कार्यक्रम फिर्ता लिन नेकपा विप्लव समूहलाई आग्रह गरेको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ– ’आगामी १६ गतेको लागि आह्वान गरिएको नेपाल बन्दजस्तो आम नागरिकको लागि कष्टप्रद र मानव अधिकारलाई निस्तेज पार्ने किसिमको कार्यक्रम फिर्ता लिई मानव अधिकारको सम्मान हुने वातावरण सिर्जना गर्न समेत आयोग नेपाल कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गर्दछ।’

कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने आयोगले सुझाएको छ। आफूमाथि लगाएको प्रतिबन्धनको विरोधमा सो पार्टीले बन्दको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्