Logo
Logo

नौ लाख धरौटीमा छुटे डिएसपी जिसी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ चैत ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घठनाको अनुसन्धानमा लापरबाही गरेको अभियोग लागेका सिआइबीका डिएसपी अंगुर जिसीले नौ लाख धरौटी बुझाएर रिहा भएका छन् । बुधबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासमा भएको थुनछेक बहसपछि उनलाई ९ लाख धरौटी बुझाउन आदेश जारी गरेको थियो ।

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले यातनामा ५ लाख र प्रमाण नष्टमा ४ लाख धरौटी बुझाउन आदेश जारी भएको बताए । थुनछेक बहसमा पूर्व डिएसपी जिसीले आफुले कुनै गल्ती नगरको र आफ्नो भविष्यसँग जोडिएको विषय भन्दै साधारण तारेखमा रिहा गर्न अनुरोध गरेका थिए ।

जिसीसहित आठ प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिंह विष्टले यातनामा जिसीविरुद्ध मुद्दा दायर गरेका थिए । जिसी सोमबार दिउँसो जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्