Logo
Logo

यातायात र सम्पति शुद्धिकरण विभागका महानिर्देशक फेरिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ चैत ।
यातायात व्यवस्था विभाग र सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक फेरिएका छन् । यातायात व्यवस्था विभागमा कुमार दाहाललाई सरुवा गरिएको छ । विभागका महानिर्देशक लाबण्य ढकालको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।


त्यस्तै काम गर्न नसकेपछि सम्पति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलालाई हटाइएको छ । नयाँ महानिर्देशकको सरुवा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्