Logo
Logo

शेयर बजारमा पहिरो, ११ अर्ब ८१ रुपैयाँको कारोबार


दृष्टि संवाददाता


काठमाडाैं । सेयर बजारमा आइतबार ६३ अंकको गिरावट आएको छ । धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै रेडलिष्ट निकालेपछि ५२ अंक मात्रै घटेको बजार आइतबार भने थप ६३ अंकले घटेको हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२ दशमलव ६१ अंकले घट्दै ५ सय २८ दशमलव ५१ मा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ १३ वटै सूचांक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचांक ३ सय १० दशमलव ९ अंकले घटेको छ । त्यस्तै, नीर्जीवन बीमा समूहको कारोबार २ सय ७९ दशमलव २५, लघुवित्त समूहको १ सय १७ दशमलव ६४, विकास बैंक समूहको १ सय ६५ दशमलव २२ले घटेकाे छ ।

यस्तै, जलविद्युत समूह १ सय १ दशमलव ०९ र उत्पादनमूलक समूह १ सय ४९ दशमलव ५ अंकले घटेको छ । यसैगरी वित्त कम्पनीको सूचांक ८० दशमलव ०४, व्यापार समूहको ९८ दशमलव ४८ र बैंकिङ समूहको ३५ दशमलव ४२ अंकले घटेको छ ।

सर्वाधिक मूल्य घट्नेमा युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले घट्दा श्री इन्भेष्टमेन्ट कम्पनी, बरुण हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ८÷८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्