Logo
Logo

सुरक्षाकर्मीको सेवा सुविधा समयसापेक्ष बनाइनेछः गृहमन्त्री अधिकारी


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सुरक्षाकर्मीको सेवा सुविधालाई समयसापेक्ष बनाउँदै लैजाने कुरामा गृह मन्त्रालय सचेत रहेको बताएका छन् । ६ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँगको आइतबारको छलफलमा उनले यस्तो बताएका छन् ।
गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा सक्षमताको आधारमा सेवा सुविधा समयसापेक्ष बनाइने उल्लेख गरिएको छ ।
छलफलमा प्रदेशका मन्त्रीहरुले प्रहरी समायोजनको काम छिटो सक्नुपर्नेमा जोड दिएका थिए । त्यसमा मन्त्री अधिकारीले आफुले त्यसलाई प्राथमिकता दिने बताएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार गण्डकी बाहेकका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरू छलफलमा सहभागी थिए । ‘प्रदेशका मन्त्रीहरूबाट केन्द्रले गर्ने सहयोगसम्बन्धी सुझाव आएका छन्,’ उनले भने । छलफलमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत उच्च सुरक्षा अधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रदेशका मन्त्रीहरू प्रदेश १ का हिक्मत कार्की, प्रदेश २ का ज्ञानेन्द्र यादव, वाग्मती प्रदेशका केशवराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीकी सीताकुमारी नेपाली, सुदूरपश्चिमकी पूर्णा जोशी सहभागी थिए ।
गृहमन्त्री भएपछि अधिकारीले समन्वयका लागि यस्तो बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्